सघन अनुगमन कार्यक्रम सम्पन्न भएको

२०७६ जेठ २९ का दिन काठेखोला गाउँपालिकाद्वारा नारायणी मा. वि. तंग्रामको सघन अनुगमन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक, भौतिक ,आर्थिक पक्षहरुको अध्ययन, अनुगमन एवं अभिभावक, विद्यार्थी, शिक्षक , पिटिए तथा विव्यस संगको छलफल तथा शिक्षकहरुको कक्षा अवलोकन पश्चात् विद्यालयले आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरुमा सुझाव प्राप्त हुनुका साथै विद्यालयले चालेक सकारात्मक पक्षहरुलाई बढावा दिन मार्गनिर्देशन प्राप्त भयो । अनुगमनमा खटिनु हुने काठेखोला गाउँपालिका उपाध्यक्ष अर्जुन खत्री, शिक्षा अधिकृत हरी आचार्य, वडाध्यक्ष केशर बहादुर थापा , कार्यपालिका सदस्य टिकासंगम वि.क. शिक्षा समिती सदस्य लक्ष्मण पुन , लेखा अधिकृत माधव शर्मा , स्रोतव्यक्ती पुर्ण्प्रसाद ढुंगाना , अमर माविका प्र. अ. भीष्म कँडेल , शिक्षक गणेश शर्मा लगायत सिंगो अनुगमन टोलीलाई विद्यालय परीवार हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छ

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd