Smart School Application प्रयोग सम्बन्धमा

यस विद्यालयले विद्यालयसँग सरोकार राख्नुहुने अभिभावक , अध्यापनरत शिक्षक तथा विद्यार्थीहरुलाई विद्यालयका सम्पुण शैक्षिक तथा शैक्षणिक गतिविधीहरुको जानकारी गराउनको लागि Code Logic Technology Kathmandu द्वारा निर्माण गरिएको Smart School नामक विद्यालय व्यवस्थापन सूचना प्रणाली School Information Management System प्रयोगमा ल्याइसकिएको छ । यसको प्रयोगलाई प्रभावकारी बनाउनको लागि सम्पुर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरुले प्रयोगका तरिका तथ प्र्योग सन्दर्भमा आइपरेका समस्याहरु विद्यालयमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ । यसको प्रयोग गर्नको लागि निम्नअनुसार गर्नुहुन समेत् अनुरोध गरिन्छ
१. एन्ड्रोइड वा एप्पल फोनको प्ले स्टोर वा एप स्टोर बाट Smart School डाउनलोड गर्ने
२. Smart School Application डाउनलोड गरिसके पछि Search Text Box मा गई Shree Narayani Secondary School रोज्ने
३. त्यसपछि देखिने Mobile No Box मा आप्mनो मोबाइल नं राख्ने तथा पासवर्डको लागि विद्यालयमा सम्पर्क गरी पासवर्ड टाइप गरी Log In बटनमा क्लिक गर्ने
४. यसरी Log In गरीसकेपछी विद्यालयको लोगो सहितको मोबाइल पेज खुल्नेछ । त्यसबाट आफ्नो छोराछोरीको उपस्थिती, परीक्षामा प्राप्त गरेको प्राप्तांक ,होमवर्क , विद्यालयका सूचनाहरु जानकारी लिन सक्नुहुनेछ ।
हामीलाई आशा छ , यसको प्रयोग सम्पुर्ण अभिभावकहरुले प्रयोग गर्न नसके पनि क्रमशः यसको प्रयोग बढने कुरामा हामी विश्वस्त छौ

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd