भौगोलिक अवस्था

बागलुङ जिल्ला काठेखोला गाउँपालिका–४ को वीच भाग (साविक तंग्राम गाविस वडा नं.२) मा अवस्थित छ । यो विद्यालय करिब २ रोपनी क्षेत्रफलको आफ्नै जग्गामा रहेको छ । यस विद्यालयको पूर्वमा साविक तंग्राम गा.वि.स.वडा नं.१ पश्चिममा वडा नं.७ , उत्तरमा वडा नं. ३ र ४ तथा दक्षिणमा वडा नं. १ र ८ पर्दछन् । विद्यालय रहेको स्थान पुर्वी मोहडा रहेको छ । विद्यालयको दक्षिण पुर्वतिर धापखोला र उत्तरपश्चिम खण्डमा पत्तियाना खोला, दोखाल्छे खोला जस्ता साना खोला तथा खोल्साहरु पर्दछन् । यो विद्यालय बाक्लो बस्तीको बीचमा अवस्थित रहेको छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd