ऐतिहासिक पृष्ठभुमी

नेपालमा प्रजातन्त्रको स्थापनासँगै सर्वसाधारण जनताहरुले आफ्ना छोराछोरीहरु शिक्षाको अवसरबाट वञ्चित नहुन भन्नका लागि नीजि स्रोतबाट विद्यालय अनुमति लिने तथा सञ्चालन गर्ने प्रचलन बढ्दो रहेको थियो । शिक्षाका लागि ग्रामीण समुदायहरु जुर्मुराउन थाले । बागलुङ जिल्ला स्थित तंग्राम गाविसमा पनि केही शिक्षाप्रेमी तथा समाजसेवी भावना भएका व्यक्तित्वहरुले आफ्नै गाउँमा विद्यालय स्थापना गर्नुपर्छ भन्ने सोचका साथ हालको विद्यालय हालको नारायणी माध्यमिक विद्यालय २०१७ साउन २४ गतेदेखि तंग्राम प्राइमरी स्कुलको रुपमा सञ्चालन भएको देखिन्छ । शिक्षा लिने परीपाटीको चलन नहुने तथा चेतनाको अभावका कारण विद्यार्थी अभाव तथा तंग्राम गाविसको अलि टाढा पर्ने वडा नं. ९ को फापरखेत क्षेत्रलाई समेत लक्षित गरी तंग्रामको थामडाँडामा विद्यालयको स्थापना भएको मानिन्छ । पछि विभिन्न कारणवश विद्यालय तंग्रामको विभिन्न स्थानमा सार्ने क्रम चल्दै हाल काठेखोला गाउँपालिका–४ (साविक तंग्राम २ ठुलोगाउँ) मा अवस्थित छ । यो विद्यालय विभिन्न स्थानमा रहने क्रममा साविक तंग्राम गाविसको राङकाट्ने डाँडा, थामडाँडा, ढुंगा उचाल्नी, ओखरडाँडा जस्ता स्थानमा सञ्चालन भएको देखिन्छ ।
यस विद्यालयलाई स्थापना कालदेखि संचालन गर्ने क्रममा शिक्षाप्रेमी तथा समाजसेवीहरु मनिप्रसाद थापा(४), राज बहादुर थापा (२) , नरिश्वर कंडेल (७) ,हर्क बहादुर पुन (२) , पितम बहादुर पुन (२) ,प्रतिमान पुन (२), कर्ण बहादुर पुन (३) ,मतिलाल पुन (८), चन्द्र बहादुर पुन (१) ,पहले थापा (१) ,चन्द्रवीर थापा (७) , गोविन्द कंडेल (५) बिद्यापति पुन (८),धनप्रसाद थापा (२) लगायतका विभिन्न व्यक्तित्वहरुको अमूल्य योगदान रहेको पाइन्छ । त्यस्तै विद्यालयका शुरुवातमा शिक्षक तथा प्रअको रुपमा काम गर्ने पूर्व शिक्षक तथा प्र. अ.हरु राज बहादुर थापा (२) खर्क बहादुर पुन (६) होम बहादुर थापा (४) गंग बहादुर थापा (६) नर बहादुर पुन (९) भक्तिलाल शाक्य, मिन बहादुर पुन (२) दल बहादुर पुन (२) पूर्ण बहादुर पुन (२) श्री प्रसाद कंडेल (बिहु) सुर्य बहादुर के.सी. (बा.न.पा.) , दुर्गाप्रसाद केसी ,गोपाल पन्त (फलेवास), कल्याण ,भैरवनाथ उपाध्याय, अनन्त शर्मा , लक्ष्मी पन्त, तेजिन्द्र खडका, बाबुराम श्रेष्ठ (बानपा) , श्री प्रसाद न्यौपाने (बिहु) नारायणदत्त कडेल (बिहुँ) कलिन्द्र कुमार पुन (२), तुलबहादुर थापा(१), सुर्य बहादुर खड्का (बानपा) हुनुहुन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd