कविता

मलाइ पनि शिक्षा पाउन सिकाइदेउ
कुरीति र अन्धविश्वास हराउन सिकाइदेउ

जहाँ शिक्षाको महत्व छ, त्यहाँ शिक्षाको अभाव छ
मलाइ पनि शिक्षाको बीउ छराउन सिकाइदेउ

कुरीति र अन्धविश्वास समाजबाट अन्त्य गर्नुपर्छ
असल कुरा सिकाउनुछ समाजमा ज्ञान भराउन सिकाइदेउ

सबैजना आ आप्mनै बाटोमा म मात्रै ठुलो हु भन्छन
समाजमा सबैलाई एकैनास गराउन सिकाइदेउ

मलाइ पनि शिक्षा पाउन सिकाइदेउ
कुरीति र अन्धविश्वास हराउन सिकाइदेउ

– अनिता किसान (कक्षा १०, २०७७)

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd