कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम भर्ने सम्बन्धमा

यस विद्यालयमा शैक्षिक सत्र २०७७÷७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुले तथा यस विद्यालयमा हाल कक्षा १२ मा अध्ययनरत नियमित तथा यस भन्दा अघि कक्षा १२ को परीक्षा दिई ग्रेडवृद्धि परीक्षा दिन पर्ने विद्यार्थीहरुले रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम भर्नको लागि यहि मिति २०७७ फागुन २० गतेभित्र विद्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । साथै कक्षा ११ र कक्षा १२ मा अध्ययनरत नियमित विद्यार्थीहरुले यस विद्यालयमा बुझाउनुपर्ने दोस्रो किस्ताबापतको शुल्क र ग्रेडवृद्धि दिने परीक्षार्थीहरुले विद्यालयमा बुझाउनुपर्ने बाँकी शुल्क बुझाएमा मात्र परीक्षा फाराम भरिने व्यहोरा जानकारी गराईन्छ । परीक्षा फाराम सम्बन्धमा अस्पष्ट भएमा विद्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd