विद्यालय समुदायको बनोट

यस विद्यालयमा काठेखोला गाउँपालिका ४ तंग्राम अन्तर्गत रहेका टोलहरु बर्लुङ, हिल, दोराङ, ठुलोगाउँ, रदुवा , पोम्दी, काफलबोट , खाल्टीघर बान्थान, चापोट, सिर्मात, पोखरा, खोर , सात्लेस, चिबल्ली, सिमपानी, घसाम रानिकराङ, चिल्लेडाँडाँ, पेरिबाङ, ठुुटेलाखुुरी टोल यस विद्यालयको सेवाक्षेत्र मा पर्दछन् ।
यस सेवा क्षेत्रमा बहुसंख्यक मगर जातिको बसोबास रहेकाले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु जनजाति अन्तर्गतका छन साथै दलित समूदाय अन्तर्गत परियार, विश्वकर्मा, किसान र ब्रहमाण समुदायका विद्यार्थीहरुको उपस्थिति रहेको पाइन्छ । यस क्षेत्रका बासिन्दाहरुको प्रमुख पेसा कृषि हो । केही परिवार भारत तथा बेलायतको सैनिक सेवामा जागिर गर्ने गरेका पनि छन । त्यसैगरी यस क्षेत्रका बासिन्दाहरु आय आर्जनको लागि खाडी मुलूक तथा यूरोपका विभिन्न देशहरुमा पनि गएको पाइन्छ । त्यसको अलावा शिक्षक, कर्मचारी तथा डकर्मी, सिकर्मी, मिस्त्री जस्ता सिपमुलक पेशाहरु पनि यस क्षेत्रको बासिन्दाहरुले अपनाउने गरेका छन । आजभोलि निजामती सेवा, स्वास्थ्य सेवा तथा अन्य सरकारी तथा गैरसरकारी सेवामा यस क्षेत्रका बासिन्दाहरु प्रवेश गर्दै जान थालेका छन् ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd